खोलाले बगाएको तीन दिन पछि एक पुरूषकाे शव फेला


नेपाल समाचारपत्र, रुकुम पश्चिम ।
काठेपुलबाट खस्दा खोलाले बगाएर हराएका एक पुरुषको शव तीन दिनपछि फेला परेको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ६ निवासी ६० वर्षकका रनवीर खत्रीको शव मंगलबार फेला परेको आफन्तले बताएका छन् ।
खत्रीको शव बाँफिकोट गाउँपालिका वडा नम्बर ९ स्थित तार्सिबाङ्ग खोलामा फेला परेको हो । आइतबार स्थानीय दुली खोलाले खत्रीलाई बगाएको थियो । बाँफिकोट गाउँपालिकाको कार्यालयबाट काम सकेर फर्कँदै गर्दा खोलामा बगेर उनी बेपत्ता भएका थिए । खोलामा पुल नहुँदा सर्वसाधारणहरुलाई आवत जावतमा समेत समस्या हुँदै आएको छ ।
खत्रीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।