सर्पको टोकाईबाट किशोरीको मृत्यु


प्रकाश पन्त, बीरेन्द्रनगर ।
सुर्खेतमा बाढीपिडीत अस्थायी शिविरमा बस्दै आएकी एकजना किशोरीको सर्पको टोकाईबाट ज्यान गएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका १० जामुकी १४ बर्षिय हरिकला उपाध्यायको सर्पको टोकाइबाट ज्यान गएको हो ।

उनलाई आज विहान ५ बजेतिर शौचाल गएको वेला सर्पले टोकेको थियो । सर्पले टोकेपछि अस्पताल नल्याएर घरमै झरफुक गर्न थालेपछि बिहान साढे ८ तिर किशोरीको मृत्यु भएको वडा न १० का वडा सदस्य नैनसिंह बिकले बताए । उनी स्थानीय जनज्योति आधारभुत बिद्यालय जामुमा कक्षा ८ मा अध्ययनरत थिइन ।