राप्रपाले माग गर्यो गृहमन्त्रीको राजीनामा


नेपाल समाचारपत्र, काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले माईतिघर मण्डलामा प्रदर्शन गरेको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महिलामाथि भइरहेको श्रृंखलाबद्ध हत्या, हिंसा र बलात्कारको विरोधमा प्रदर्शन गरेको हो ।

मण्डलामा भएको प्रदर्शनमा सहभागीहरुले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापा (बादल) को राजीनामा मागेका छन् ।