एनआईइसीको आयोजनामा अष्ट्रेलिया, न्युजिल्यान्ड एजुकेशन फेयर सुरु


नेपाल समाचारपत्र, काठमाडौँ ।
नेपाल इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सी (एनआईइसी० को आयोजनामा अष्ट्रेलिया, न्युजिल्यान्ड एजुकेशन फेयर सुरु भएको छ । इक्यानका अध्यक्ष बिष्णु हरी पाण्डेले उक्त मेलाको उद्घाटन गरेका थिए । विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै साउन २१ ९अगष्ट ६० बाट एजुकेशन फेयर सुरु भएको हो । एनआइईसीले आफ्नो केन्द्रिय कार्यालय पुतलीसडकस्थित शेयर मार्केट कम्प्लेक्सको चौथो तलामा एक दिने मेला सम्पन्न गरेको छ । उक्त मेलामा परामर्श लिन विद्यार्थी तथा अभिभावकहरुको भिड लागेको थियो । करिब २ हजार भन्दा बढी अवलोकन कर्ताको उपस्थिती रहेको उक्त मेलामा बिद्यार्थी र अभिभावक निकै उत्साहित देखिएको प्रबन्ध निर्देशक सपना राजभण्डारीले बताइन् ।

विगत १८ वर्षदेखि वैदेशिक उच्च शिक्षाका लागि परामर्श सेवा प्रदान गर्दै आएको एनआइइसीको यस शैक्षिक मेलामा अस्ट्रेलिया र न्युजिल्यान्डका २० भन्दा बढी विश्वविद्यालय, कलेज तथा इन्स्टिच्युटहरुको सहभागिता रहेको छ ।
विद्यार्थीले प्रत्यक्ष रुपमा विभिन्न देशबाट आउने आउने प्रतिनिधिहरुबाट आफ्नो जिज्ञासा मेटाउन सक्नेछन् ।

प्रबन्ध निर्देशक राजभण्डारीका अनुसार मेलामा सम्बन्धित देशको जीवनशैली, कानुनी प्रावधान, विश्वविद्यालयको शैक्षिक तथा भौतिकपूर्वाधार, फि स्ट्रक्चर, छात्रवृत्ति, विश्वविद्यालयमा उपलब्ध विषयको छनौट, शैक्षिक नीति, रहनसहन आदि लगायतका महत्वपूर्ण जानकारीहरु एकै स्थानमा सहजै प्राप्त हुनेछ ।