खोलाले बगाउदा महिलाको मृत्यु


चिरञ्जीवी मास्के, दोलखा ।
दोलखाको कालिञ्चोक गाँउपालिका वडा नम्बर ६ लेप्टुङमा खोलाले बगाउदा एक जना महिलाको ज्यान गएको छ ।
सोमवार राति गाई वस्तुलाई धाँस हालेर फर्कदै गर्दा घर नजिकैको घट्टेखोला तर्नेक्रममा बगाउदा ३४ बर्षिय बिष्णुमाया खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले बताए ।
खोलाले बगाएर मृत्यु भएको खड्काको शव प्रहरीको सहयोगमा स्थानियले खोलाबाट निकालेर आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।