डा.केसीको अस्पतालबाट डिस्चार्ज(फाेटाे सहित)


नेपाल समाचारपत्र, काठमाडौँ ।
चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै अनशनमा बसेका डाक्टर गोविन्द केसीको आज अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
१५ औँ पटक २७ दिनसम्म अनशनमा बसेका कारण केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्पताल भर्ना गरिएको थियो । अहिले केसीको स्वास्थ्य अवस्था समान्य हुन थालेपछि डिस्चार्ज गर्न लागिएको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

केसी र सरकारबीच चिकित्सा शिक्षा विधेयक संशोधनलगायत ९ बुँदामा सम्झौता भएको थियो । डिस्चार्ज भए लगत्तै पत्रकार सम्ममेलन पनि गरिएको छ ।

तस्विरः माेनिका मल्ल