काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टी निकट लिम्बुवान राज्य परिषदले मंगलबार गरेको बन्दका कारण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित बनेको छ । केही समयदेखि नेपालमा बन्द भएको नेपाल बन्द, हड्ताल र आन्दोलनहरु पछिल्लो समय एकपछि अर्को गर्दै पुनः बढ्दै जान थालेका छन् । पृथ्वी नारायण शाहले एकीकरण गरेर लिम्बुवान राज्य खोसेको बिरोधमा परिषदले हरेक वर्ष साउन २२ गतेलाई ‘कालो दिन’ भन्दै बन्द आह्वान गर्दछ ।
पूर्वी नेपालका ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, ईलाम, सुनसरी, मोरङ र झापामा यातायातका साधनहरु चलेका छैनन् । बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालन हुन नसक्दा जनजीबन कष्टकर बनेको छ । बजार पसल, शिक्षण संस्था, उद्योग धन्दालगायतमा पनि बन्दको प्रभाव परेको छ । बन्दका कारण यात्रामा रहेका सर्वसाधारण बढी मारमा परेका छन् ।











प्रतिक्रिया