काठमाडौं, (नेस) । डीएभी कलेजका विद्यार्थीको पहलमा ‘इन्सेप्सन’ नामक म्यागेजिन सार्वजनिक भएको छ । बीबीए आठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीले तयार गरेको इन्सेप्सन म्यागेजिन हालै सार्वजनिक गरियो ।
युवा पुस्तालाई अभिप्रेरित गर्ने विषयवस्तु, विभिन्न अवधारणा र दृष्टिकोणलाई सो म्यागेजिनले समेटेको छ ।
डीएभी कलेजमा अध्ययरत विद्यार्थीले म्यागेजिनको आगामी प्रकाशनलाई निरन्तरता दिनेछन् । म्यागेजिन विमोचन कार्यक्रममा बोल्दै त्रिभुवन विश्व विद्यालय व्यवस्थापन संकायका डीन प्राडा डिल्लीराज शर्माले म्यागेजिनमा समेटिएका विषयवस्तु युवा पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गर्नुभयो ।











प्रतिक्रिया