विराटनगर, (नेस)
मोरङको रंगेली नगरपालिका १ ववियाविर्ताका करिव डेढ सय परिवार हातमा जग्गा धनी पुर्जा हुदा समेत घर जग्गा विहिन हुने अवस्थामा पुगेका छन् । करिव १५ वर्ष देखि स्थानीयलाई जग्गा विक्रि गरी रजिष्ट्रेशन पास गर्दै आएका विराटनगर निवासी घाडेवा परिवार बीच आन्तरिक किचलो र अंश मुद्दाका कारण स्थानीय डढे सय परिवार घरजग्गा विहिन हुने अवस्थामा पुगेका हुन् ।
स्थानीयलाई पवन धाडेवा,युवराज धाडेवा, भरवलाल घाडेवा, विरेन्द्र घाडेवा समेत मिलीे चलनचल्तीको दरमा जग्गा बिक्रि गर्दै आएका थिए । धाडेवा परिवार संग खरिद गरेका जग्गामा स्थानीयले आफनो घरबास गरी जग्गा जोतभोक गर्दै आएका थिए । तर अंशवण्डाको मुद्दामा अदालतले फैसला गरेपछि धाडेवा परिवारका अंशियार मध्ये अजय घाडेवाले मालपोत कार्यालय रंगेलीबाट स्थानीयको नाममा रजिष्ट्रेशन पास भई गएको जग्गा समेत दर्ता खारेज गरी आफ्ना परिवारको सदस्यको नाममा प्रक्रिया मिलाएर नामसारी गरेपछि स्थानीय परिवार विचल्लीमा परेका हुन् ।
स्थानीय बिनिता कुमारी खा थारुले घाडेवा परिवारले नै आफुहरुलाई जग्गा बेचेको र अहिले आफूहरुलाई कुनै जानकारी नै नदिई आफूहरुको जग्गा दर्ता खारेज गरेर बिजोग बनाएको बताइन । पिडित स्थानियबासीले आक्रोशित हुदै आईतवार मालपोत कार्यालय घेराऊ गदै विरोध गरेका छन् । मालपोत कार्यालय रंगेलीले मिती २०७५ साल साउन ४ गते साविक ववियाविर्ता ७ “क” को १९ वटा कित्ता दर्ता खारेज गरी धाडेवा परिवारकी किरण देवी धाडेवाको नाममा दर्ता गरेका छ । धाडेवा परिवारको कर्तुत स्थानिय पिडीतहरुले एक साता अधि मात्र थाहपाएका हुन् ।
पिडीत स्थानियहरुले घटना थाह पाए लगतै रंगेली नगरपालीका कार्यालय स्थित न्यायिक समीतीमा कमल घाडेवा, अजय घाडेवा समेत मिलेर आफुहरुलाई थाह नदिइ आफनो परिवारका सदस्यको नाममा धनिपुर्जा निकालेर ठगी गरेको भनी उजुरी गरेका छन् ।











प्रतिक्रिया