गरिबी परिचय पत्र वितरण गर्नेः मन्त्री अर्याल


काठमाडौँ ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले गरिबी उन्मुलनको लक्ष्य पूरा गर्न गरिबी परिचय पत्र वितरण गर्ने र त्यसकै आधारमा प्रभावकारी योजना तथा कार्यक्रम ल्याउने बताउनुभएको छ ।

रिपोर्टस क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो, “शतप्रतिशत गरिवी उन्मुलन त गर्न सकिँदैन, तर गरिवी न्यूनीकरण गरेर सुखी नेपाली समृद्ध नेपालको लक्ष्य हासिल गर्न सकिन्छ ।”

मन्त्री अर्यालले सहकारीमा थुप्रिएको पैसा उत्पादनको क्षेत्रमा लगानी गरी जनताको जीवनस्तर माथि उकास्ने नीति सरकारको छ भन्दै भूमि व्यवस्थापनमा रहेको समस्या समाधान गर्न सरकारले भूमि सम्बन्धी ऐन बनाउने बताउनुभयो ।
रासस