गरीबी निवारणका लागि एकमुष्ट कार्यक्रम ल्याइने


काठमाडौँ ।
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले देशबाट गरीबी उन्मूलनको लक्ष्य हासिल गर्न गरीब परिचयपत्र वितरण गरिने र त्यसका आधारमा गरीबी निवारणका लागि एकमुष्ट कार्यक्रम ल्याइने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबद्वारा आज आयोजित साक्षात्कारमा उहाँले सहकारीमा थुप्रिएको पैसा उत्पादन क्षेत्रमा लगानी गरी सहकारीको माध्यमबाट जनताको जीवनस्तर माथि उकास्ने नीति सरकारको रहेको स्पष्ट पार्नुभयो । मन्त्री अर्यालले थप्नुभयो, “भूमि व्यवस्थामा रहेको समस्या समाधान गर्न सरकारले भूमिसम्बन्धी ऐन बनाउने तथा सुकुम्बासीको अवस्थालाई व्यवस्थित गर्नेछ ।
रासस