दुर्घटनामा एकको मृत्यु


बुटवल ।
रुपन्देही सैनामैना नगरपालिका–५ स्थित बुद्धनगरमा आज भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा देवदह नगरपालिका–२ का ६० वर्षीय वीरबहादुर गुरुङ रहेको इलाका प्रहरी कार्यालय, सालझण्डीका प्रहरी निरीक्षक दीपेश बस्यालले जानकारी दिनुभयो ।

मोटरसाइकल र टिपर एकआपसमा जुध्दा मोटरसाइकलमा सवार मृतकका श्रीमती होलीमाया गुरुङको हात र खुट्टामा गम्भीर चोट लागकाले उनको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

टिपर चालक र दुवै सवारी साधनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
रासस