स्वास्थ्यलाभ गरी नेता खनाल स्वदेश फिर्ता


काठमाडौँ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल चीनबाट उपचार गरी आज स्वदेश फर्कनुभएको छ ।
चीनको सिचुवानस्थित ‘इन्टरनेशनल हस्पिटल अफ प्रोभिन्स’मा उपचार गराई स्वास्थ्यलाभ गरी उहाँ आज स्वदेश फर्कनुभएको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो । उहाँको यही साउन १० गते मिगौलाको पत्थरी र प्यारा थाइराडडको शल्यक्रिया भएको थियो ।
शल्यक्रियापछि चिकित्सकको सल्लाहमा उहाँ आराम गरी आज स्वदेश फर्कनुभएको हो । पाँच वर्षदेखि मिर्गौैलामा पत्थरी र तीन वर्षदेखि थाइराइडबाट उहाँ पीडित रहनुभएको थियो । नेपालका विभिन्न ठाउँमा उपचार गराएपछि चिकित्सकको सल्लाहमा उपचार गर्न श्रीमती रविलक्ष्मीसंँग उहाँ यही साउन ६ गते चीन जानुभएको थियो । उहाँ केही महीनापछि पुनः स्वास्थ्य परीक्षणका लागि चीन जाने बताइएको छ ।
रासस