मोटरसाइकल ग्यारेजमा आगलागी


नेपाल समाचारपत्र, काठमाडौं ।
काठमाडौंको विशालनगरस्थित एक मोटरसाइकल ग्यारेजमा आगलागी भएको छ । आगो नियन्त्रणका लागि घटनास्थलमा काठमाडौं महानगरको सहित ३ वटा दमकल पुगेको थियो ।
ग्याँस लिग भएर आगलागि भएको र नियन्त्रणमा आईसकेको महानगरिय प्रहरी वृत्त कमल पोखरीका प्रहरी निरीक्षक हर्कबहादुर विश्वकर्माले नेपाल समाचारपत्रलाई जानकारी दिनुभएको छ ।