महाकाली तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह


विनोद सिंह विष्ट, बैतडी ।
दार्चुलाको उत्तरी क्षेत्रमा ठुलो बर्षा भईरहेकाले महाकाली नदीको तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानिय प्रसासनले आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग, जलविज्ञान महाशाखा/बाढी पूर्वानुमान शाखाका अनुसार दार्चुलाको उत्तरी क्षेत्रमा ठुलो भईरहेकोले महाकाली नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिए । “उत्तरी क्षेत्रमा ठुलो बर्षा भएको जानकारी प्राप्त गरेका छौ” प्रमुख जिल्ला अधिकारी आचार्यले भने“महाकालीमा पानीको वहाव बढेर जुनसुकै बेला पनि खतरा हुनसक्ने भएकोले सतर्क रहन आग्रह गरेका छौं” ।
जिल्ला प्रसासन कार्यालय दार्चुलाले जिल्ला सदमुकाम खलंगा,धाप, जोलजिवी लगायतका तटिय क्षेत्रका बासिन्दालाई बढी सतर्क रहन आग्रह गरेको छ ।
महाकाली नदी दार्चुला,बैतडी,डडेल्धुरा हुदै कञ्चनपुरसम्म बग्ने भएकोले त्यहाँका तटिय क्षेत्रका नागरिकलाई समेत सतर्क रहन आग्रह गरिएको छ । बैतडीको दशरथचन्द नगरपालिका, पञ्चेश्वर,शर्माली,डडेल्धुराको परशुराम,कञ्चनपुरको भिमदत्तनगर र दोधारा चाँदनी महाकाली नदी आसपासका नागरिकले सतर्क रहन आग्रह गरिएको हो ।
मनसुन न्यूनचापीय रेखा नेपालतर्फ रहेकाले विगत केहीदिनदेखि निरन्तर वर्षा भइरहेको छ । लगातारको वर्षाका कारण देशका प्रमुख नदी तथा चुरे र पहाडबाट बहने नदीहरुमा बाढीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, जलविज्ञान महाशाखा÷बाढी पूर्वानुमान शाखाले जनाएको छ ।