बाग्मतिको बीचमा अलपत्र परेका दुई बालकको सकुशल उद्दार


नेपाल समाचारपत्र, काभ्रे ।
माछा मार्न बाग्मति खोलामा पसेका दुई बालकको सकुशल उद्दार गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेको विशेष पहलमा बालकहरुको हेलिकप्टरद्वारा उद्दार गरिएको हो ।

‘विद्यालय बन्द रहेकाले अन्य दिन जस्तै सोमबार पनि बालकहरु बाग्मति खोलामा पुगेका थिए’–खानिखोला गाउँपालिका ७ का स्थानीय टेकबहादुर थिङ्गले भने–‘११ बजे पुगेका उनिहरुले माछा मार्न नपाउँदै बाग्मति बढेपछि खोलाकै बीचमा परे ।’ उनिहरु अलपत्र परेको उनिहरुका साथीहरुले देखेका थिए । चारै तिरबाट बाग्मति बढेपछि उनिहरु बीचको खाली भागमा बसिरहेका थिए । विहान ११ बजेबाट अलपत्र परेका बालकद्धयलाई दिउसो ५ बजे हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविराज खड्काले बताए ।

खानिखोला गाविस ७ मिल्चेका १२ वर्षीय सञ्जय थिङ र ९ वर्षीय दिनेश डिसी विहान ११ बजे माछा मार्न खोलामा गएका थिए । मकवानपुर जिल्ला साविक बेतिनी गाविस सिसौघारि स्थित खोलामा माछा मार्ने क्रममा एक्कासी बाढि आएपछि खोलाको बीचको थुम्कोमा अलपत्र परेका हुन । तालढुङगा प्रहरी चौकीबाट त्यहाँ पुग्न करिब २ घण्टा पैदल हिँड्नु पर्छ । यस अघि रोशी गाउँपालिकामा उद्धार गरिएको थियो ।