नेपाल समाचारपत्र, पाल्पा ।
२०६५ सालमा तत्कालीन जिल्ला खानेपानी कार्यालय र गाउँ विकास समितिको १० लाख रुपैयाँ र स्थानीय उपभोक्ताको पाँच लाख बराबरको जनश्रमदान गरी १५ लाख रुपैयाँमा सम्पन्न भएको खानेपानी आयोजना पहिरोले वगाउदा स्थानीय खानेपानीबाट वञ्चित हुनु परेको छ ।
गत शनिबार देखि अविरल वर्षासँगै आएको पहिरोले पानी ट्यांकी बगाउँदा तानसेन नगरपालिका–१२ वौघापोखराथोकका वासिन्दा खानेपानीबाट वञ्चित भएका हुन । झिरुवन खानेपानी आयोजनाको पानी संकलन गर्ने मुख्य ट्यांकी, पानी तान्ने मोटरपम्प र पम्प राखिएको स्टेशन बगाएपछि उनीहरू खानेपानीबाट बञ्चित भएका हुन ्।
पहिरोले स्टेशनमा रहेका रेञ्चीसहित अन्य सामग्री समेत पुरेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष मजेरसिं केसीले बताए। अध्यक्ष केसीका अनुसार उक्त गाउँका ७० घरपरिवार खानेपानीको समस्यामा परेका छन्। उनीहरुले घण्टौं धाएर खानेपानी बोक्दै आइरहेका छन्। पानीको मुहानमाथि खनिएको मोटरबाटोको माटोले पहिरो गएको स्थानीयको भनाइ छ ।











प्रतिक्रिया