पत्रकार आक्रमणको ५ सदस्यीय छानविन समिति गठन


यमलाल भुसाल, बुटवल ।
युनिभर्सल मेडिकल कलेज भैरहवामा समाचार संकलनमा गएका पत्रकार माथि गरिएको आक्रमण र पत्रकारका समाचार संकलन उपकरण तोडफोडको छानविनका लागि ५ सदस्यीय समिति गठन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रशासन कार्यालय रुपन्देहीका शाखा अधिकृत विष्णु ज्ञवालीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको छ ।

उक्त घटनाको सत्यतथ्य अध्ययन गरि सात दिन भित्र प्रतिवेदन दिने र त्यसका आधारमा दोषीलाई कारवाही र पिडितलाई क्षेतीपूतिको व्यबस्था मिलाउने गरी गठन गरिएको समितिको सदस्यहरुमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक उमेशराज जोशी, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, लुम्बिनी प्रेस क्लव भैरहवाका अध्यक्ष माधव ढुगांना र युनिभर्सल मेडिकल कलेज भैरहवाका जनसंम्पर्क अधिकृत सुशिल गुरुङ् रहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिनुभयो ।

सोमवार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा गएको नेपाल पत्रकार महासंघ रुपन्देही, नेपाल प्रेस युनियन रुपन्देही र लुम्बिनी प्रेस क्लवले पत्रकार माथिको आक्रमणको भ्रत्सना गर्नुका साथै दोषीलाई कारवाही, तोडफोड भएका क्यामेराको क्षेतीपूर्ति तथा भएरहित वातावरणमा समाचार संकलन तथा रिपोर्टिङ्को व्यबस्था मिलाउन प्रहरी प्रशासन समक्ष माग गरिएको थियो ।
मेडिकल कलेजमा बिडिएस अध्ययन गर्ने महादेव शाहको आईतवार सोही अस्पतालमा उपचारका क्रममा निधन भएपछि अस्पतालमा उत्पन्न परिस्थितीको समाचार संकलन गर्न पुगेका पत्रकार माथि त्यहा अध्ययन गर्ने बिद्यार्थीले दुरव्यबहार गर्नुका साथै समाचार संकलनमा प्रयोग हुने उपकरण क्यामेरा तोडफोड गरेका छन् ।

भैरहवामा कृयाशिल पत्रकारहरु दिपक घिमिरे, राधेश्याम विश्वकर्मा र सलमान खानलाई समाचार संकलनका क्रममा गरिएको अभद्र व्यबहार तथा समाचार संकलन उपकरण तोडफोड समेत हुनेगरी भएको आक्रमणको सर्वत्र निन्दा गरिएको छ । त्यसैको बिरोधमा पत्रकारका पेशागत संघ संगठनले विज्ञप्ती जारी गरि घटना प्रति ध्यानाकर्षण भएको जनाउँदै दोसीको पहिचान गरि कारवाही र तोडफोड भएका सामाचार संकलनमा प्रयोग हुने उपकरणको क्षेतीपूर्तिको माग गरेका छन् ।
नेपाल पत्रकार महासंघका सदस्य रहेका तीनै जना पत्रकार नेपाल प्रेस युनियन रुपन्देहीका सदस्य समेत हुन् । आक्रमणको बिरोध गर्दै नेपाल पत्रकार महासंघ रुपन्देही, नेपाल प्रेस युनियन रुपन्देही र लुम्बिनी प्रेस क्लवले छुट्टा छुट्टै विज्ञप्ती जारी गरी पत्रकार माथिको आक्रमणको भ्रत्सना गर्नुका साथै दोसीलाई कारवाही, तोडफोड भएका क्यामेराको क्षेतीपूर्ति तथा भएरहित वातावरणमा समाचार संकलन तथा रिपोर्टिङ्को व्यबस्था मिलाउन प्रहरी प्रशासन समक्ष माग गरिएको छ ।