शेयर बजार घट्दो क्रममा

0
Shares

काठमाडौँ ।
शेयर बजारमा आज पनि सामान्य कमी आएको छ ।

आइतबार सामान्य अंकले घटेको बजार ०.२१ बिन्दुले घटेर एक हजार १८९.६७ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत ०.०६ बिन्दुले घटेर २५०९१ बिन्दुमा झरेको छ ।

कूल १४८ कम्पनीको सात लाख ९६ हजार ७३४ कित्ता शेयर रु १९ करोड १७ लाख ४८ लाख १२० मूल्यमा खरिद बिक्री भएको छ । स्टकका अनुसार बैंकिङ १.२३, व्यापार २.११, जलविद्युत् ०.८५, वित्त १.१८ र माइक्रोफाइनान्स उपसमूहको शेयर ६.३६ बिन्दुले बढेको छ ।

यस्तै होटल ६।०३, विकास बेंक ४।९८, निर्जीवन बीमा ०।०९, उत्पादन ०।०७, अन्य ४।३७ र जीवन बीमा समूहको शेयर १६।७३ बिन्दुले घटेको छ । सपोर्ट माइक्रोफाइनान्स र प्रोग्रेसिभ फाइनान्स कम्पनीका लगानीकर्ताले आज कमाएका छन् भने मल्टीपर्पोज फाइनान्स र सिटी एक्सप्रेस फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
रासस