काँडाघारीबाट निशान खड्काको अपहरण

0
Shares

काठमाडाैं । काँडाघारीबाट युवक अपहरणमा परेका छन् । काँडाघारीका ११ वर्षीय निशान खड्का अपरहरणमा परेका हुन् ।

स्थानीय चमेली खड्काका छोरा निशान आइतबार साँझ घरबाटै अपहरणमा परेका हुन् । अपहरण गर्ने समूहले परिवारसँग ४० लाख रुपैयाँ फिरौती माग गरेको छ । ४० लाख रुपैयाँ फिरौती माग भएको जानकारी परिवारले प्रहरीलाई दिएको हाे ।

घटनाको अनुसन्धानका लागि हाल काठमाण्डु प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेल, भक्तपुर प्रहरी परिसरका एसपी हिमालय श्रेष्ठ लगायत घटनास्थलमा खटिएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाण्डुका एसएसपी विश्वराज पोखरेलले भने ‘बालक हराएको भन्ने जानकारी आएको छ । हामी खोजी गरिरहेका छौँ । परिसरका एसएसपीसहित एक सय जनाको टोली बालक खोज्न परिचालित भएको छ ।’

सिन्धुपाल्चोक घर भएका बालककी आमा केही वर्षदेखि चियापसल गर्दै आएकी छिन् । उनका बाबु वैदेशिक रोजगारीको सिलसिलामा बाहिर छन् ।