स्याङ्जा, (नेस)
नेपाली कांग्रेस स्याङ्जाका सभापति एवम् पूर्व सभासद कमल पंगेनीको ५४ वर्षको उमेरमा निधन भएको छ । स्याङ्जाको गोदीखोलास्थित आफ्नै निवासमा हृदयाघातका कारण उनको निधन भएको हो । शनिवार राति खाना खाएर सुतेका उनी आइतबार बिहान गम्भीर अवस्थामा फेला परेका थिए । अस्पताल पुग्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
२०३३ सालमा नेवि संघबाट राजनीतिक यात्रा शुरु गरेका उनी ०४२ सालमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य बनेका थिए । यस्तै २०७० सालको संविधानसभामा स्याङ्जा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका उनले संविधान निर्माणमा अतुलनिय सहयोग पु¥याएका थिए ।
मिडियामैत्री पंगेनीले गत वर्षको साउन १५ गते संसदमा बाँदर आतंकको कुरा उठाउँदा धेरैले स्यावासी दिएका थिए । किसानहरुलाई काम गरेर खान बाँदरले दुःख दिएको भन्दै पंगेनीले राज्यले बाँदर आतंक नियन्त्रण गर्नुपर्ने भन्दै तत्कालीन व्यवस्थापिका संसदको बैठकमा आवाज उठाएका थिए । उनका एक छोरा, एक छोरी र श्रीमती छन्। पंगेनीको हिजै साँझ राम्दीघाटमा हिन्दु संस्कारअनुसार अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।











प्रतिक्रिया