टोखा धापासीमा बिकासको नमुना, ‘आफनो गाउआफै बनाउ’ अभियानलाई सम्झायो


काठमाडौ ।
२०५२ सालमाआफ्नो गाउ ंआफै बनाउ भन्ने नेपाल सरकारको घोषणा जसरी देश ब्यापी रुपमा सार्थक र प्रभाबकारी भएको थियो त्यस्तै उदाहरणीय नमुना योग्य बिकासको थालनी काठमाडौको टोखानगरपालिका ६ मा भएको छ ।
शिबमन्दिर परिषर देखि संचार चोक हुदै नबोबुद्ध स्कुल सम्म सरकार र नगरपालिकाको थोरै सहयोग तर अत्यधिक जनसहभागितामा सडकको उदाहरणीय खालको कालोपत्रे सम्पन्न भएको छ । टोखानगरपालिकाको वडा ५ मा पनि जनसहभागितामा महत्वपुर्ण कार्य भैरहेको छ ।
६ वडाको मनकामना मन्दिर नजिक गतबर्ष गरेको कालो पत्रे एक महिनामै भत्किएको र यस पटक टाल्दा पनि पुनभत्किएको एवं मनकामना मन्दिर नजिकबाट ग्रान्डि तिर जाने बाटोमा गरिएको कालोपत्रे पनि एक महिनामै उप्किएको र नेपाल महिला संघको केन्द्रिय कार्यालय अगाडि पनि निर्माण भएको दुइ महिनामै सडक उप्किएको कारण पनि शिबमन्दिर परिषरका नागरिकहरु आफै सहभागी भएर कतैबाट खोट नदेखिने गरी नमुना योग्य सडक बनाएका छन ।
पुर्ब सैनिक सेवा समाज नेपालको सयोजन एवं शिबमन्दिर परिषर टोल सुधार समितिको सहभागितामा निर्माण सम्पन्न भएको अबसरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोख्रेलले जनसहभागितामा जुनखालको स्तरीय सडकको बाटो निर्माण भएको छ त्यसले सबैकालागि सकारात्मक सन्देश दिएको बताउनुभएको छ ।
पारदर्शी ढंगले जनसहभागितामा भएको बिकास निर्माण अन्य बिकास प्रेमीलाई पनि उदाहरणीय र नमुना हुने उल्लेख गर्दे उपप्रधानमन्त्री पोख्रेलले जनता आफै मिलेर गरेमा निकै राम्रो काम हुने रहेछ भन्ने कुरा देखिएको उल्लेख गर्नुभएको छ ।
उहाले राजनीतिमा प्रतिष्पर्धा बिकासम ाएकता देखाउनु पर्छ भन्दै हरेक कामका लागि जनप्रतिनिधिले नेतृत्व गर्ने र जन सहभागिताभएमा भएको काम पनि राम्रो र पारदर्शी हुन्छ भन्दै जनताले जनप्रतिधिलाई खबरदारी गरिरहनुपर्छ भन्नुभएको छ ।
पुर्ब सैनिक सेबा समाजका अध्यक्ष मेघराज टण्डनको अध्यक्षतामा भएको कार्यक्रममा टोखानगरपालिकाका मेयर प्रकाशअधिकारीले टोखानगरपालिकाले २० वटा कानुन आफनै लागि बनाइसकेकोले अब नगरपालिका अभियानका साथ बिकासमा केन्द्रित हुने जानकारी गराउनुभएको छ ।
टोखानगरपालिका ६ का बडाध्यक्ष महेश्वर केसीले आगामी बर्ष सम्म आफ्नो वडामा सडकमा कच्ची माटो नदेखिने गरी बिकास हुने बताउनुभएको छ ।
कार्यक्रममा टोखानगरपालिका बडा ५ का बडाध्यक्ष जगनाथ ढकाल, धापासी बुद्धिजिबी समाजका अध्यक्षएवं बरिष्ठ पत्रकार टंक पन्त, बाटो निर्माण समितिका अध्यक्ष प्रकाश बानिया , शिबमन्दिर टोल सुधार समितिका अध्यक्ष ध्रुबबन्धु अर्याल , बाटो निर्माण अनुगमन समितिका सयोजक चन्द्र भारती, बाटो निर्माण समितिका सचिब एवं शिबमन्दिर टोल सुधार समितिका पुर्ब अध्यक्ष खुशीराम पाण्डे, सोही समितिका पुर्ब अध्यक्ष रामचन्द्र ज्योति , पुष्पा भुसाललगायतले स्थानीय जनताले निर्माण गरेको गुणस्तरीय कालोपत्रे सडकले टोखालाई मात्र होइन अन्यका लागि उदाहरणीय बन्ने बताएका छन ।

पुर्ब सैनिक सेवा समाज नेपालले निर्माण गरेको सडकको सम्पुर्ण बिबरण सहित शिबमन्दिर परिषर टोल सुधार समितिलाई हस्तान्तरण गरिएको कार्यक्रममा बुद्धिजिबी , स्थानीय नागरिकले आगामी महिना देखि आफ्नो टोलको आफै सफा गर्ने र आफनो गाउको बिकास आफै गर्ने योजनाका साथ लाग्ने प्रतिबद्धता ब्यक्त गरेका छन । सो अभियानलाई उपप्रधानमन्त्रीएवं रक्षामन्त्रीइश्वर पोख्रेल र टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले आबश्यक सहयोग गर्ने बताउनुभएको छ ।
शिब मन्दिर टोल सुधार समितिका कोषाध्यक्ष एवं बरिष्ठ प्रशिक्षक मीना शर्माले जनसहभागिता भनेको निकै ठुलो कुरा रहेछ भन्दै ०५२ सालमा नौ महिने सरकारले अघि सारेको आफनो गाउ आफै बनाउ अभियान नागरिकहरुको सहभागिामा निकै प्रभाबकारी भएको आफुले पढेको र सुनेको मात्रै थिए तर अहिले टोखा ६ मा त्यस्तै खालको कार्यक्रम भएको हो भन्दा त यस्तो पो रहेछ सकारात्मक अभियान भन्ने अनुभुति स्थानीय नागरिकहरुमा परेको उल्लेख गर्नुभएको छ ।