शेयर बजारमा सामान्य गिरावट


काठमाडौँ ।
शेयर बजारमा आज सामान्य गिरावट भएको छ ।

नेपाल स्टक एक्सचेञ्जकाअनुसार आज शेयर बजार १।४३ विन्दुले घटेर एक हजार १८९।८८ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०।१८ विन्दुले घटेर २५०।९७ विन्दुले घटेको छ ।

कूल १६० कम्पनीका पाँच लाख ९७ हजार ५९७ कित्ता शेयर रु १६ करोड ७० लाख ४९ हजार ६८४ मूल्यमा खरिद बिक्री भएको छ । स्टककाअनुसार आज पाँच उपसमूहको शेयर बढ्दा चार उपसमूहको शेयर भने घटेको छ । बैंकिङ ३।५१, जलविद्युत् ५।६५, वित्त ०।९७, निर्जीवन बीमा ३०।९२ र उत्पादन २०।०६ बिन्दुले घटेको छ ।

यस्तै होटल ४।२४, विकास बैंक ११।१७, अन्य ६।४९, माइक्रोफाइनान्स ०।२१ र बीमा ३।६४ विन्दुले बढेको छ । आज सिटी एक्सप्रेस फाइनान्स कम्पनी र आरएमडिसी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् भने आइएमइ जनरल इस्योरेन्स कम्पनी र प्रोग्रसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताले गुमाएका छन् ।
रासस