डिकमान विरही पुरस्कार नेम्वाङलाई


भद्रपुर ।
राष्ट्रिय समाचार समितिकर्मी डिकमान विरहीका नाममा स्थापित पुरस्कार पत्रकार भीम नेवाङलाई प्रदान गरिने भएको छ ।

नेपाल पत्रकार महासङ्घ ९फोनिज० झापाद्वारा स्थापित ‘डिकमान सुनुवार ९विरही० स्मृति वर्ष उत्कृष्ट पत्रकारिता’ पुरस्कार अग्रज पत्रकार नेम्वाङलाई प्रदान गरिने भएको हो । फोनिजका पूर्वअध्यक्ष गणेशमान मुखियाको संयोजकत्वमा रहेको छनोट समितिले रु २५ हजार राशिसहितको पुरस्कार नेम्वाङलाई र उदीयमान पत्रकारिता पुरस्कार पत्रकारद्वय रिताष्मा मुखिया र सविना राईलाई प्रदान गर्ने निर्णय गरेको फोनिजका जिल्ला अध्यक्ष विशाल नेम्वाङले बताउनुभयो ।

उदीयमान पत्रकारिता पुरस्कारको राशि जनही रु दुई हजार र प्रशंसापत्र छ । विसं २०६६ मा स्थापित डिकमान पत्रकारिता पुरस्कारबाट यसअघि अमृतलाल श्रेष्ठ, नकुलकाजी, दिपीन राई, मदन ढकाल र रमेश समदर्शी पुरस्कृत भइसक्नुभएको छ । पुरस्कार यही साउन २७ गते महासङ्घको १९औँ स्थापना दिवसका सन्दर्भमा प्रदान गरिने बताइएको छ ।
रासस