बैतडीमा अंगीकृत नागरिकता लिने महिलाको संख्या बढ्दो

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
बैतडी जिल्लामा पछिल्लो समय अंगीकृत नागरिकता लिने महिलाको संख्या बढेको छ । भारतिय महिलाहरुले नेपाली नागरिकं संग विवाह गरेको खण्डमा उनीहरुले नेपाली अंगीकृत नागरिकता प्राप्त गर्न सक्दछन् ।

केहि वर्ष अगाडी अंगीकृत नागरिकता लिने महिलाको संख्या कम भएपनि दिनप्रतिदीन यो संख्या बढेको जिल्ला प्रशाशन कार्यालय बैतडीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७३÷७४ मा २४ जना भारतीय महिलाले नेपाली पुरुषसँग विवाह गरेपछि वैवाहिक अंगीकृतको नागरिकता प्राप्त गरेका छन् भने आर्थिक वर्ष २०७४÷७५ मा २६ जनाले अंगीकृत नागरिकता लिएका पाईएको छ ।

अंगीकृत नागरिकता सबैले जिल्ला प्रशासन कार्यालय बैतडीबाट प्राप्त गरेका हुन् । बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी जय बहादुर कुवँरले प्रशासनमा नियमित रुपमा वैवाहिक अंंगीकृतको नागरिकता प्रदान गर्ने काम भइरहेको जानकारी दिए । आवश्यक कागजात पुगेकाहरुलाई जुनसुकै दिन पनि नागरिकता दिने गरेको कुवँरले बताए ।

नेपाली नागरिकसँग विवाह गर्ने भारतीय महिलाहरुले नेपाली नागरिकता पाउनका लागि विवाह दर्ता, पतिको नागरिकता, विदेशी नागरिकता भएको खण्डमा नागरिकता त्यागेको प्रमाणसहितको निवेदन दिनुपर्छ ।
हुलाकमा रजिष्ट्री गरिएको पत्र र निवेदनको प्रतिलिपीलाई पनि प्रमाणको रुपमा मान्ने गरिएको छ ।

नेपाली नागरिकता प्राप्त गर्नेलाई प्रशासनका कर्मचारीले सपथग्रहण गराउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी कुवँरले जानकारी दिए ।