विनोद सिंह विष्ट, बैतडी ।
नेपाल टेलिकम बैतडीको गाडी आज दुर्घटनामा परेको छ । बैतडीबाट कैलालीको धनगढीतर्फ जादै गरेको से १ च ८१५ नं को पिकअप भ्यान आज मध्यान्ह १२ बजे डडेल्धुराको अमरगढी नगरपालिका ७ खस¥याखानमा अनियन्त्रित भइ दुर्घटना हुदा ४ जना घाईते भएका छन् ।
घाईते हुनेहरुमा कैलाली गेटाका ३० वर्षीय जिप चालक हरिप्रसाद चौधरी, कैलालीकै हरिस प्रसाद भट्ट,सोही उपेन्द्र जोशी र बैतडीको दशरथचन्द नगरपालिका ६ का जितेन्द्र रावत रहेका पोखरा प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक लाल सिँह बिष्टले जानकारी दिनुभयो ।
घाईतेमध्ये जिपचालक चौधरीको अवस्था गम्भिर रहेको उहाँले बताउनुभयो । चौधरीको टाउको, हात र खुट्टामा चोट रहेको बताईएको छ ।
घाइतेको सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । गाडी सडकवाट १ सय मिटर तल खसेको छ । अनियन्त्रित हुँदा गाडी दुर्घटना भएको बताईएको छ ।











प्रतिक्रिया