नेपाल समाचारपत्र, काठमाडौं । प्रतिनिधिसभा बैठकले नेपाली कांग्रेसका पूर्व सांसद कमलप्रसाद पंगेनीको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगीत भएको छ । आइतबार बसेको बैठकले पंगेनीको निधनमा शोक प्रस्ताव पारित गरेको हो। स्याङ्जाका जिल्ला सभापति एवंम् कांग्रेस नेता पंगेनीको आइतबार बिहान हृदयघातका कारण निधन भएको हो।
२०७० सालमा स्याङ्जाबाट प्रत्यक्ष निर्वाचित सांसद पंगेनी २०३५ सालदेखि राजनीतिमा सक्रिय थिए। ५४ वर्षीय पंगेनीका श्रीमती, एक छोरा र एक छोरी छन्।
अर्को बैठक सोमबार दिउँसो २ बजे बस्ने छ।











प्रतिक्रिया