बुटवलमा पहिलोपटक विज्ञान विषयमा वातावरणीय शिक्षाको अध्यापन

0
Shares

यमलाल भुसाल, बुटवल ।

बुटवल बिज्ञान र व्यवस्थापन विषयमा पश्चिम नेपालको उत्कृष्ट क्याम्पसका रुपमा स्थापित तिलोत्तमा क्याम्पसले काठमाण्डौ बाहिर पहिलो पटक यसै शैक्षिक शत्र देखि विज्ञान विषयमा वातावरणीय शिक्षाको कक्षा संचालन गर्ने भएको छ ।

पोखरा विश्व विद्यालयबाट संम्वन्धन लिएर २०५६ सालदेखि बीबीएको अध्यापन गदै आएको तिलोत्तमा क्याम्पसले यसै शैक्षिक शत्रदेखि स्नातक तहमा विज्ञान विषयमा वातावरणीय शिक्षाको पढाई संचालन गर्न लागेको क्याम्पसले आईतवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा क्याम्पसका प्राचार्य रामचन्द आचार्यले विश्वमा देखिएको वातावरणीय समस्याको समाधान नभएसम्म मानव जीवन सुरक्षित नहुने भएकाले सोही आवश्यकतालाई परिपुर्ति गर्ने जनशक्ति उत्पादन गर्ने मुल लक्ष्य बनाई वातावरणीय शिक्षाको अध्यापन शुरु गर्न लागिएको बताउनु भयो ।

वातावरण शिक्षा अध्ययनका लागि प्स टु मा कम्तिमा सी ग्रेड ल्याइ विज्ञान संकाय उत्रिण गरेको विद्यार्थीले मात्र पढन पाउने प्राचार्य आचार्यले बताउनु भयो ।

उहाँले हरेक वर्ष ४८ जनाको कोटा रहेको चार वर्षे स्नातक तह वातावरण शिक्षा सेमेष्टर प्रणालीमा अध्यापन हुने र ५ लाख रुपौयाँ खर्च लाग्ने बताउनु भयो ।

५ जनाका लागि छात्रवृति निर्धारण गरिएको स्नातक कार्यक्रममा अध्यापनका लागि वातावरणीय विज्ञ शिक्षक ल्याइ उत्कृष्ट नतिजा दिने लक्ष्य लिएको प्राचार्य आचार्यको कथन छ ।

पत्रकार सम्मेलनमा क्याम्पस संचालक समितिका अध्यक्ष रामचन्द्र ढकालले पछिल्लो समयमा विकास निमार्णका कार्य गर्दा वातावरण विज्ञको आवस्यकतालाई मध्यनजर गरी क्याम्पसले वातावरणीय शिक्षाको पढाईलार्ई अगाडि बढाएको बताउनुभयो ।

वतावरण मैत्री विकास निमार्णलाई व्यवहारिक बनाउन र जलवायु परिवर्तनको विकराल समस्यावााट मुक्ति दिलाउने जनशक्ति तयार गर्नु नै वातावरणीय शिक्षाको प्रमुख उद्देस्य रहेको समेत अध्यक्ष ढकालले बताउनु भयोे । तिलोत्तमामा हाल ६७ शिक्षक कर्मचारी रहेका छन भने २ हजार भन्दा बढी विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।

विस २०५३ सालमा यस क्षेत्रका प्राज्ञिक व्यक्तिहरुको सक्रियतामा शुरु गरिएको तिलोत्तमा क्याम्पस पश्चिम नेपालको मात्र नभई उत्कृष्ट शैक्षिक नतिजा दिने समग्र नेपालकै शैक्षिक प्रतिष्ठानका रुपमा स्थापित भएको छ ।