जथाभाबी गाडी पार्किङ गरिँदा पैदल यात्रुलाई समस्या

0
Shares

बिमल बिष्ट, डोटी ।
डोटीको दिपायलको प्रमुख ब्यापारी केन्द्र पिपल्ला बजारमा जथाभाबी गाडी पार्किङ गरिदा पैदल यात्रु तथा अन्य गाडीलाई समस्या उत्पन्न हुने गरेको छ । यहाँको पहाडी जिल्ला बाजुरा,अछाम तथा जिल्ला सदरमुकाम सिलगढी जोड्ने मुल सडकनै छोप्नेगरी मनपरी ढंगले गाडी पार्किङ गरिदा समेत सम्बन्धित निकाएले कुनै चासो नदिदा पैदल यात्रु तथा अन्य गाडीहरmलाई समस्या उत्पन्न भएको हो ।

यतिमात्र नभई गाडी सडकमा पार्किङ गरिन थालेपछि टिकट काउन्टर वालाले पनि सडकमै आएर टिक काट्दा समेत सम्बन्घित निकाए मौन रहेको स्थानियको आरोप छ । उता जिल्ला ट्राफिक प्रहरीकार्यालय दिपायलका ट्राफिक प्रहरी महेन्द्र विष्टका अनुसार सडकै मिचि गाडी पार्किङ गर्ने चालक लाई पटक पटक कार्बाहि तथा जरिवाना गरिदा समेत अटेर गर्ने गरेको बताउनु भयो ।

उहाँले भन्नु भयो ‘कार्बाहि गरेको केही घन्टा सम्म गाडी सडकमा राख्दैनन् फेरी ट्राफिक प्रहरी नभएको मौका छोपि ल्याईहाल्छन् सम्झाउदा मान्दैनन् हामी त वाक्क भई सक्यौ ।’ उसो त गाडीहरm पार्किङ गर्नका लागि बसपार्क पनि नभएको भने हाईन दिपायल सिलगढी नगरपालीकाले निमार्ण गरेको पिपल्ला स्थित बसपार्कमा कमै मात्रामा मात्रै गाडी पार्किङ भएको भेटिन्छन् ।

बसपार्क भित्र पार्किङ गराउने जिम्मा लिएका निकाएको लापरबार्ही तथा कम्जोरीका कारण चालकले पुरै सडकै नै मिचि गाडी पार्किङ गर्ने गरेको स्थानिय समाज सेबी घनस्यामदत्त पाठकले बताउनु भयो । ‘गल्ति गर्ने लाई जहाँको त्यहि सजाए दिए किन सडकमा गाडी पार्किङ गर्छन कसैले उहाँले भन्नु भयो ‘कार्बाहि गरे जस्तो मात्र गरे कस्ले टेर्छ र ।’ पुरै सडकै मिचि जथाभाबी गरिएको पार्किङलाई समयमै नहटाए डोटीमा ठुलै गाडी दुर्घट्ना हुन सक्ने सम्भावना रहेको स्थानियबासी बताउछन् ।

सडक संगै पशल हरु जोडिएका तथा पैदल यात्रु पनि अवत जावतका लागि त्यही बाटो प्रयोग गर्ने भएकाले पनि दुर्घट्ना हुन सक्ने भएकाले सम्बन्धित निकाएले समयमै जथाभाबी पार्किङ लाई हटाउनमा ध्यान दिनु पर्ने उनिहरुको भनाई छ ।

उता जिल्ला ट्राफिक प्रहरी प्रमुख रुपसिंह थापाले सडकमा जथाभाबी पार्किङ गर्ने लाई कार्वाहिका लागि कडा कदम चालिने बताउनु भयो ।
‘जथाभाबी पार्किङ गर्नेलाई पहिला सम्झाउने र बसपार्क भित्र गाडी राख्न लगान बजारमा खटिएका ट्राफिक प्रहरीलाई निर्देशन दिएको छु, उहाँले भन्नु भयो अटेर गर्ने गाडी र चालक लाई तत्कालै कडा कार्वाहि गरिने छ ।’

त्यस्तै गाडी चालकहरु बसपार्क पिच नभएको र पानी पर्दा हिलाम्मे हुने र जता ततै खाल्डा खुल्डी भएकाले गाडी पार्किङ गर्न सकस्या हुने भएकाले आफुहले बसपर्कमा गाडी राख्न नसकेको बताउछन् ।