साइड प्रोजेक्टका रुपमा जन्मिएको ‘ई–बे’



Pierre Omidyar, founder and chairman of the board of eBay, speaks at the eBay Developer’s Conference in Boston, Massachusetts, Wednesday, June 13, 2007. (Photo by JB Reed/Bloomberg via Getty Images)

काठमाडौं, (नेस)
सन् १९९५ को सेप्टेम्बर १ तारिखका दिन २८ वर्षीय पियरे ओमिद्यार आफ्नो घरमा बसेर चियाको चुस्कीसँगै कम्प्युटरको माउस र किबोर्डमा औंंला चलाई रहेका थिए। त्यो साँझ पियरेले आफ्नो कम्प्युटरमा ‘कोड वर्ड’ लेखेर उक्त नामबाट के व्यवसाय शुरू गर्न सकिन्छ भनेर दिमाग खियाउँदै थिए। जसको परिणामका रुपमा निस्किएको थियो ‘अनलाइन अक्सन वेभ’।

सन् १९६७ जनवरी २१ मा पेरिसमा जन्मिएका पियरे आफ्नै बाल्यकालदेखि नै कम्प्युटरप्रति निकै चाख लिन्थे। उच्च शिक्षा अध्ययनका क्रममा उनका साथीहरू जिमलगायत अन्य शारिरीक सुगठनमा लागिरहँदा उनी भने घण्टौं समय कम्प्युटर ल्याबमा बिताउँथे। उनको परिवार सन् १९८० मा फ्रान्सबाट अमेरिका बसाई सरेको थियो। उनले आफ्नो उच्च माध्यमिक तथा स्नातक र स्नातकोत्तर तहको पढाई मासाचुसेट्स राज्यको टफ्ट विश्वविद्यालयमा पूरा गरे।

त्यहाँ पढ्दै गर्दा उनको कम्प्युटरप्रतिको लगाव देखेर डिनले विश्वविद्यालयको प्रयोगका लागि वेभसाइट बनाउन तथा उनकै निगरानीमा चलाउन आग्रह गरेपछि उनले प्रतिघण्टा १६ अमेरिकी डलर पाउने गरी त्यही काम गर्न शुरू गरे।

कम्पनी स्थापना भएको २ वर्ष नपुग्दै पियरे ‘बिलिनियर्स क्लब’मा प्रवेश गरे। ई–बेको कारोबार दिन प्रतिदिन बढ्न थालेपछि सन् १९९८ मा नै उक्त कम्पनीले १ अर्ब अमेरिकी डलरभन्दा बढी नाफा कमाउन सफल भयो। अन्तर्राष्ट्रिय पत्रिका फोब्र्सले सार्वजनिक गरेको विश्वका अर्बपतिको सूचीमा ५१ वर्षीय पियरे १ सय ४५औं स्थानमा छन् भने उनको कुल सम्पत्ति करिब ११ अर्ब अमेरिकी डलर रहेको छ।

पियरेले आफ्नो निजी वेभसाइटका रुपमा उक्त ‘अक्सन वेभ’ अर्थात् अनलाइनको माध्यमबाट विभिन्न वस्तुको लिलाम बढाबढ गर्ने साझा मञ्चका रुपमा स्थापना गर्ने सोच बनाएका थिए। तर, कालान्तरमा उक्त अनलाइन कम्पनीले विभिन्न वस्तु तथा सेवाको व्यापार व्यवसाय गर्नका लागि पनि आफ्नो नाम अग्रस्थानमा स्थापित गर्न सफल भयो। ‘अक्सन वेभ’का रुपमा व्यक्तिगत वेभसाइट ‘ई–बे’ शुरू गर्दै गर्दा पियरे ‘इन्क डेभलपमेन्ट’ नामक कम्पनीमा सहसंस्थापकका रुपमा काम गरिरहेका थिए।

सन् १९९१ मा उनले इन्क डेभलपमेन्टका रुपमा कम्प्युटर तथा ट्याब्लेटहरूका लागि सफ्टवयर निर्माणको काम गथ्र्याे। पछि सोही कम्पनीलाई ‘ई–सप’को नाममा पुनस्र्थापना गरियो। ई–बेको स्थापना भने पियरेको ‘साइड प्रोजेक्ट’का रुपमा व्यक्तिगत तबरले चलाउने गरी भएको थियो। पियरेले दिउँसो इन्क डेभलपमेन्टमा काम गर्थे भने बिहान बेलुका मात्र ई–बेको लागि समय दिन्थे। तर, छोटो समयमा नै उक्त वेभसाईटलाई रुचाउने मानिसको जमात दिन प्रतिदिन बढ्न थाल्यो।

पियरेले वेभसाईट चलाउन शुरू गरेको ६ महिना अवधिसम्ममा त्यसलाई कम्पनीको रुपमा स्थापना गरी व्यावसायिक रुपमा अगाडि बढाउनुपर्छ भन्ने सोचिसकेका थिए। सन् १९९६ को शुरूवात तिर ई–बेले व्यावसायिक रुपमा अनलाइन व्यापार र लिलाम बढाबढको काम गर्न शुरू गर्यो।
कम्पनी स्थापना भएको २ वर्ष नपुग्दै पियरे ‘बिलिनियर्स क्लब’मा प्रवेश गरे। ई–बेको कारोबार दिन प्रतिदिन बढ्न थालेपछि सन् १९९८ मा नै उक्त कम्पनीले १ अर्ब अमेरिकी डलरभन्दा बढी नाफा कमाउन सफल भयो।

अन्तर्राष्ट्रिय पत्रिका फोब्र्सले सार्वजनिक गरेको विश्वका अर्बपतिको सूचीमा ५१ वर्षीय पियरे १ सय ४५औं स्थानमा छन् भने उनको कुल सम्पत्ति करिब ११ अर्ब अमेरिकी डलर रहेको छ। फोब्र्सले स्वद्यमशीलतामार्फत धनी बनेका उत्कृष्ट अर्बपतिहरूको सुचीमा उनलाई ८औं स्थानमा राखेको छ। पियरे एक सफल उद्यमीसँगै चर्चित समाजसेवी पनि हुन्। पियरेले सन् २०१५ सम्ममा उक्त कम्पनीको संस्थापक तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरे। हाल उक्त कम्पनीले ३१ हजार ५ सय जनालाई रोजगारी दिएको छ भने वार्षिक १४ अर्ब अमेरिकी डलर बराबरको कारोबार गरिरहेको छ।

(विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)

 

प्रतिक्रिया दिनुहोस्