नेपाल समाचारपत्र, चितवन ।
चितवनमा गएराती रोकि राखेको ट्रकमा बस र कार ठोक्किदा १३ जना घाईते भएका छन् । भरतपुर महानगरपालिका–११ स्थित बाईपास रोडमा इटहरीबाट काठमाडौं जान हिडेको च्युरा लोडसहित रोकिराखेको ना ५ ख ९०९९ नम्बर ट्रकमा सोही दिशाबाट आउदै गरेको ना ५ ख १३०६ नम्बरको बसले पछाडीबाट ठक्कर खादा बसमा सवार १२ जना यात्रु घाईते भएका छन् । मध्यम अवस्थामा रहेका सबै घाईतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।
राती ११ः३० बजे भएको सो घटनामा कार समेत ठोक्किएको थियो । रोकिराखेको सोही ट्रकलाई विपरीत दिशाबाट आउदै गरेको बा १२ च १६६० नम्बरको कारले ठक्कर दिँदा कार चालक भरतपुर महानगरपालिका–१० बस्ने २८ वर्षीय चन्द्रविलास अधिकारी घाइते भएका छन् । गम्भिर अवस्थामा रहेका अधिकारीको पनि पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।











प्रतिक्रिया