प्रधानन्यायाधीशमा जोशीको नाम अनुमोदन नहुने करिव–करिव पक्का !

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको नाम अनुमोदन नहुने कवि पक्का भएको छ । आज बस्ने भनिएको संसदीय सुनुवाई समिति बैठकमा जोशीको नाम अस्वीकृत गर्ने पक्कापक्की जस्तै भएको उच्च समाचार स्रोतले स्पष्ट पारेको हो ।

प्रधानमन्त्री केपी ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्ड जोशीको नाम अस्वीकृत गर्ने पक्षमा छन् । काँग्रेस पनि ओली र प्रचण्डकै ‘लाइन’ मा गएपछि अव संसदीय समितिमा जोशीको विपक्षीमा सर्वसम्मत सहमति जुटने पर्वल सम्भावना रहेको छ । प्रधानन्यायाधीश नियुक्ति प्रकरणमा सत्तापक्ष र प्रतिपक्ष लामो रस्साकसीपछि बीचको बाटोबाट अघि बढ्न सहमत भएका छन् ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र काङ्ग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार बेलुका र बुधबार बिहान भएको टेलिफोन वार्तामा दुवै नेता न्यायलयलाई विवादमा तान्न नहुने पक्षमा सहमत भएको बुझिएको छ ।

जोशीबारे निर्णयमा ढिलो हुँदैगएपछि प्रतिपक्ष काङ्ग्रेसका नेताहरुले सत्तपक्षमाथि नै गम्भीर प्रश्न उठाउन पुगेको थियो ।कानुन व्यवसायीहरु समेत यो प्रकरणमा दुई खेमामा विभाजित बनेका थिए ।