नेपाल ल्याउँदै गरेको अबैध सामान नदीको बीचबाटै फिर्ता

0
Shares

नेपाल समाचारपत्र, धनगढी ।

भारतको तिकुनीया बजारबाट अबैधरुपमा नेपाल भित्राउन लागेको कपडाका गाँठहरु सहितका सामानहरु नदीबीचबाटै फिर्ता गरेका छन् । सशस्त्र प्रहरीको मिलेमतोमा लालबोझीको मोरिया घाट लगायतका ठाँउबाट सामान तस्करी भएको समाचार सार्वजनिक भएपनि सशस्त्र प्रहरीले उक्त कुरा स्वीकार गर्न तयार थिएन । तर मंगलवार विहान ११ बजेतिर सोही घाटबाट सामान तस्करी हुँदै गरेको थियो ।

सशस्त्रका दुई जना सिभिल ड्रेसमा मोरियाघाटमा पुगेको समयमा नदीबाट सामान नेपाल ल्याउँदै गरेका थिए । नेपालतर्फको भागमा तस्करहरुका मानिसहरुले सिभिलमा पुगेका सशस्त्रका दुईजनालाई हातपात गरेका थिए । सशस्त्र प्रहरी मोरियाघाट पुगेको खबर पाएपछि तस्करहरुले नदीको बीच भागमा पुु¥याएको सामान पनि भारतर्फ लगेको थियो । यसरी दैनिक दिनदाहाडै सुरक्षाकर्मीमाथि हातपात गरेर सामान तस्करी हुँदा पनि सशस्त्र प्रहरीका डिआजी थापाले आफूले नाकाबाट सामान आउन नदिएको भन्दै फूर्ति लगाएकाछन् ।

सो घाटबाट दैनिक तस्करी हुने गरेको समाचार सार्वजनिक भएपनि तस्करहरुले दिनदाहाडै मोरियाघाटको बाटो भएर सामान ल्याउन खोज्नु भनेको मिलेमतो नभएर अरु के हुनसक्छ स्थानीयको प्रश्न छ । सशस्त्रका प्रहरी निरिक्षक नरेन्द्र बोहराको मिलेमतोमा तस्करी भइरहेको उनीहरुको भनाई छ । तस्करीको प्रकृति हेर्दा सशस्त्र प्रहरी बल उग्रतारा गण टीकापुरका प्रमुख एसपी प्रकाश श्रेष्ठले पनि तस्करहरुको संरक्षण गरेको दावी समाचार स्रोतको छ ।

उनका घुमुवाहरुले पनि तस्करहरुलाई सूचना दिएर सहयोग गरेकाछन् । दश जना घुमुवा सो क्षेत्रका लागि छोडिएको भनिएपनि काम उपलब्धी भएको छैन । उनका दुई जना घुमुवाहरुले तस्करहरुलाई सूचना दिएर कुन समयमा कुन बाटो भएर सामान ल्याउन सकिने सल्लाह दिने गरेकाछन् ।

सशस्त्रका घुमुवाहरुले तस्करहरुसंग रकम उठाएर तस्करीको कामलाई बढावा दिएकाछन् । पुराना घुमुवाहरुलाई नहटाउँदासम्म यो समस्या जाहाँको तहिँ रहने स्थानीयको भनाई छ । अबैधरुपमा नेपालमा सामान भित्रिएपनि राजस्व अनुसन्धान कार्यालयको शक्रियता नभएको गुनासो पनि स्थानीयको छ । कैलालीका विभिन्न स्थानमा अबैधरुपमा ल्याएका सामानहरु विक्रीवितरण भएपनि पक्राउ नगर्दा ब्यापारीहरुको मनोबल बढेको छ ।