सिटिजन्सको प्रवक्तामा उमंग शर्मा नियुक्त



काठमाडौं, (नेस)
सिटिजन्स बैंक इन्टरनेसनलले प्रवक्तामा उमंग शर्मालाई नियुक्त गरेको छ । करिब १७ वर्ष अघि नबिल बैंकबाट बैंकिङ करियर थाल्नु भएकी शर्मा बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित हुनुहुन्छ ।

शर्मा बैंकको स्थापनाकालदेखि नै कार्यरत हुनुहुन्छ । यस बीचमा उहाँले कर्जा विभागअन्तर्गत उपभोक्ता बैंकिङ युनिट, संस्थागत कर्जा, एसएमई जस्ता क्षेत्रमा उलेख्य काम गर्नु भएको छ। हाल उहाँअन्तर्गत सामान्य सेवा विभाग, मानव संशाधन विभाग र कर्पोरेट कम्युनिकेसन विभाग रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्