सेञ्चुरी कमर्सियल बैंकको तीन नयाँ शाखा खुले

0
Shares

काठमाडौं, (नेस) सेञ्चुरी कमर्सियल बैंकले चितवनको टाँडी, महोत्तरीको बर्दिबास र धनुषाको वीरेन्द्र बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गर्नुभएकोे थियो ।

बैंकले काठमाडौं उपत्यकामा १२ शाखा र ६ वटा एक्सटेन्सन काउन्टर र उपत्यका बाहिर ८३ शाखा र २ वटा एक्सटेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ । बैंकको गत असार मसान्तसम्म कुल निक्षेप ६१ अर्ब ३२ करोड तथा कुल कर्जा ५५ अर्ब रहेको छ ।