नेपाल र चिनबीच संयुक्त रुपमा गैसस परिचालन गर्न सहमत

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाल र चीन बीच अन्तरदेशिय गैरसरकारी संस्थाहरुलाई संयुक्त रुपमा परिचालन गर्ने सहमति भएको छ ।

समाज कल्याण परिषद् र चिनको चाइना एनजिओ नेटवर्क फर इन्टरनेशनल एक्सचेन्ज (सिएनआईई) बीच यसतो सहमति भएको हो ।

महिला, वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय थममाया थापा र चीनका उप विदेश मन्त्री वाङ वाजुनको उपस्थितिमा परिषदका सदस्य सचिव डिल्ली भट्ट र चिनका सिएनआइइका सदस्य सचिव झु रुइले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको परिषदले जनाएको छ ।

उहाँहरुले ३ वर्षे समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको परिषदका उपनिर्देशक दुर्गाप्रसाद भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार समझदारी पत्रमा जिविकोपार्जन, श्वास्थ्य सेवा, शिक्षा, सीपमा आधारित तालिम, सामूदायिक बिकाश र बिपद व्यवस्थापन लगायतका क्षेत्रमा काम गर्नका लागि चिनिया गैरसरकारी सस्ंथाहरुलाई परिचालन गर्ने बिषय समेटिएको छ ।

यस समझदारीसँगै नेपालमा चिनका २५ ओटा गैरसरकारी संस्था विभिन्न क्षेत्रमा विकासमुलक काम गर्न आउने छन् । यसअघि चिनका एक मात्र गैरसरकारी संस्था भूकम्पपछि भूकम्प प्रभावित क्षेत्रमा काम गरिरहेको छ । यस समझदारीपछि चिनियाँ गैरसरकारी संस्थाहरु बृद्धि हुने जनाईएको छ ।

भूकम्पपछि आएको चाइना फाउण्डेशन फर पोभर्टी एलिभिएशन नामक चिनियाँ गैरसरकारी संस्थाले भुकम्प प्रभावित क्षेत्रमा वार्षिक २० करोड खर्च गर्ने गरेको परिषदले जनाएको छ । त्यस संस्थाले भूकम्प प्रभावित क्षेत्रमा जिविकोपार्जन, शिक्षा, विद्यालय पुनर्निर्माण र खानेपानीमा काम गरिरहेको छ ।