जोशीलाई प्रधानन्यायाधीश पदमा अनुमोदन नगर्ने नेकपाको निर्णय

0
Shares

प्रशान्त वली काठमाडौं ।
कायममुकायम प्रधानन्यायाधीश दिपकाराज जोशीलाई सत्तारुढ दल नेकपाले अनुामोदन नगर्ने भएको छ । नेकपाका उपनेता शुवास नेवाङ , देव गुरुङ लगायतका मुख्य नेताहरुको आन्तरिक छलफलले उनलाई प्रधानन्यायाधीश पदमा अनुमोदन नगर्ने निर्णय गरेको हो । संसदीय सुनुवाइ समितीले सोधेका प्रश्नहरुको जवाफमा जोशीले समीतीमा आवद्ध सदस्यहरुलाइ सन्तुष्ट पार्न नसकेपछि जोशीलाई उपयुक्त ठहर गर्न नसकिएको प्रतिनिधिसभा सदस्य एवंम नेकपाका नेता मेटमणि चौधरीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभएको हो ।

दिपकराज जोशी भावि २८ औं प्रधानन्यायाधीशका प्रमुख दावेदार ठहरीएपनि उनलाइ सो पदबाट रोक्न सत्तारुढ दलबाट चर्को दबाब सृजना भएको पाइएको छ ।

कायममुकायम प्रधानन्यायाधीश न्याय परिषद्ले बरिष्ठताका आधारमा जोशी सहित न्यायाधिश चोलेन्द्रसमशेर जबरा र ओमप्रकाश मिश्रको नाम सिफारीस गरेको थियो ।