माछापुच्छ्े बैंकको आठ नयाँ शाखा खुले



काठमाडौं, (नेस)
माछापुच्छ«े बैंकले आठ नयाँ शाखा सञ्चालन गरेको छ । बैंकले मोरङको जहदा गाउँपालिकास्थित जहदा शाखा, सुनसरीको धरान उपमहानगरपालिकास्थित धरान शाखा, भोजपुरको भोजपुर नगरपालिकास्थित भोजपुर शाखा शाखा शुरूवात गरेको छ ।

त्यस्तै रौतहटको चन्द्रपुर नगरपालिकास्थित चन्द्रपुर शाखा, रौतहटकै वृन्दावन गाउँपालिकास्थित वृन्दावन शाखा कार्यालय, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकास्थित डोल्पा शाखा, भोजपुरको टेम्केमैयुङ गाउँपालिकास्थित टेम्केमैयुङ शाखा र उदयपुरको कटारी नगरपालिकास्थित कटारी शाखा शुरूवात गरेको छ ।

बैकले चैत मसान्तसम्म ६८ अर्ब निक्षेप परिचालन गरी ६२ अर्ब कर्जा प्रवाह गरी ८१ करोड मुनाफा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्