भाङ हालेको भोज खाँदा ३५ बिरामी

0
Shares

सीताराम अधिकारी
धादिङ ।न्वारनको भोजमा भान्सेले खानामा भाङ मिसाएपछि गजुरी गाँउपालिका ४ गैरीगाँउँमा आइतबार ३५ जना विरामी परेका छन् ।

अनिल चेपाङको छोरीको न्वारनको भोज खाएपछि नातेदार गाउँबासीहरु बिरामी परेको बिजय चेपाङले बताउनुभएको छ ।

वाकवाक लाग्ने, रिंगटा लाग्ने, केही समयपछि बेहोस भएर नबोली बस्ने, तथा केही मानसहरु भने डर लागेको बताउने र रुने कराउने गरिरहेको बिजय चेपालङले जानकारी दिनुभयो ।

उनिहरुसबैलाई दही, घ्यू, लगायतको खाने कुरा खुवाएर होसमा ल्याउने गरि प्राथमिक उपचार भइरहेको छ । गाउँमै निको नहुने अबस्था आएमा थपउपचारका लागि तयारी अबस्थामा टोली तयारी गरिएको गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले बताउनुभएको छ ।

गाउँसम्म पुग्न आदमघाटबाट ५ घण्टा लाग्छ । लगातार पानी परिरहेको र कच्ची सडकमा पहिरो समेत आएका कारण गाउँसम्म पुग्नका लागि कठिनाइ उत्पन्न भएको छ ।

खाना खाएका चेपाङ संघका सन्तमान चेपाङ, संगिता चेपाङ, विमला चेपाङ लगायतका चेपाङ अगुवाहरु समेत बिरामी परेर सुतिरहेका छन् ।

भोजमा भात, आलु र कालो दाल, मासु र तरकारी पकाइएको थियो । सुगनका रुपमा जाँड र रक्सी समेत राखिएको वीर सिं चेपाङले बताउनुभयो ।

खाना खान वाँकी रहेका कम्तिमा ३५ जनालाई फेरी तरकारी पकाएर खुवाउने तयारी गरिएको बिरसिंले जानकारी दिँदै तरकारी वा दलमा भाङ मिसाइएको हुनसक्ने अनुमान गरिएको छ ।