विप्लव पार्टीका दुई पोलिटप्युरो सदस्य पक्राउ

0
Shares

काभ्रे, (नेस)
नेपाल कम्युनिस्ट पार्टीका दुई पोलिटब्युरो सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । तराईमा आयोजित केन्द्रिय कमिटीको बैठक सकेर फर्कने क्रममा प्रहरीले नागढुंगाबाट पक्राउ गरेको हो ।

काभ्रेको नमोबुद्ध नगरपालिका ६ स्थित कुन्साङ्ग लामाको क्रसर उद्योग र ट्रिपरमा आगजनी गरेको अभियोगमा दुई दर्जन भन्दा धेरै नेकपाका कार्यकर्तालाई प्रहरीले मुद्दा दर्ता गरेको छ । ति मध्ये नेकपाका पोलिटब्युरो सदस्य कृष्ण धमला ‘गम्भीर’ र मोहन कार्की ‘जिवन्त’लाई प्रहरीले पक्राउ गरेको हो । साउन १० गते विहिबार नै पक्राउ गरिएको परिवारले जानकारी दिएको छ । नेकपाले पक्राउ परेका नेताद्धयलाई बालाजु प्रहरी चौकीमा राखि शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय धुलिखेल ल्याईएको थियो ।

सुर्खेत विरेन्द्रनगर घर भएका ५९ बर्षिय कार्की र धादिङ्ग जिल्ला निलकण्ठ नगरपालिका वडा नम्वर ३ घर भएका ५९ बर्षिय धमलालाई प्रहरीले आगजनी र सांगठनिक अपराधमा मुद्दा चलाउने गरी ७ दिनको म्याद थप गरेको छ । २०७५ बैशाख १ गते मध्यरातमा लामाको क्रसरमा आगजनी गरिएको थियो । त्यसको जिम्मेवारी नेकपाले लिएको थियो ।

नेकपाका एक नेताले आफ्नो पार्टीका दुई पोलिटब्युरो सदस्यलाई प्रहरीले अपहरण शैलीमा पक्राउ गरि बेपत्ता बनाएको सुचना आएको भएपनि र उनीहरुको अवस्थाबारे प्रशासनले कुनै जानकारी नै नगराएको भन्दै बिनाकारण आस्थाकै आधारमा पक्राउ गरिएका दुई नेतालाई अबिलम्ब रिहाइको माग गरेको बताएका थिए । यस अघि पक्राउ गरिएका दुई पोलिट ब्युरो सदस्य पदम राई र ओमप्रकाश पुन अहिले पनि प्रहरी हिरासतमा छन् ।