इन्द्रकुमारी नामक कविता संग्रहको बिमोचन

188
Shares

कठमाडौ(नेस) । पूर्व सांसद तथा कवि अशोकनाथ तिवारीद्धारा लिखीत “इन्द्रकुमारी” महाकाव्य आईतबार एक कार्यक्रमका बिच विमोचन भएको छ ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहकी जेठी रानी ईन्द्रकुमारीको जीवनीमा आधारित भई सृजना गरिएको महाकाव्य माथि बोल्दै कवि डा. देवी नेपालले इन्द्रकुमारीलाई बिषय बनाएर धेरैले महाकाव्य लेखेका तर सबैले पृथ्वीनारायण शाहलाई छुच्चो र घमण्डी देखाएको ईतिहासमा यो महाकाव्यबाट पृथ्वीनारायण शाहले न्याय पाएको र उनका दागहरु मेटिएको बताउनुु भयो ।

कवि प्रभा भट्टराईले नेपाली साहित्यमा अर्को इन्द्रकुमारी जन्मिएकी बताउनुहुँदै जन्माउने सर्जकलाई शुभकामना दिदै नेपाल एकिकरणको समयमा महत्वपूर्ण तर लुकेको पाटो खोतल्न ईन्द्रकुमारी सफल रहेको बताउनुभयो ।

कवि डा.रामप्रसाद ज्ञवालीले महाकाव्य माथि बोल्दै भन्नुभयो “बिषय जति सामान्य हुन्छ , प्रस्तुती उतिनै कठिन हुन्छ ,सर्जकलाई आफ्नो मौलिकता कसरी दिने भन्ने कुरामा ठुलो चुनौति हुन्छ तर ईन्द्रकुमारी महाकाव्य यो चुनौतीबाट जोगिन सफल भएको बताउनुभयो ।

महाकाव्यले पृथ्वीनारायण शाहलाई न्याय गरेको बताउनुहुँदै, पृथ्वीनारायण शाहले पहिलो विवाहको केही समयमै अर्को विवाह गरे भन्ने दोस दिइदै आइएको पाईन्छ । तर यो महाकाव्यमा पृथ्वीनारायण शालले किन अर्को विवाह गरे भन्ने कुरामा प्रकाश पारेका छन । यसअर्थ यो महाकाव्य ऐतीहासीक र कालजयी भएको बताउनुभयो ।

लेखन र प्रकाशनका बारे बताउदै कमला तिवारीले कवि र कविता नेपाली साहित्यको मात्र नभई अर्थतन्त्रको पनि अंग बन्नु पर्छ भन्नुभयो ।

ईन्दकुमारीका महाकाव्यका लेखक कवि अशोक नाथ तिवारीले सानै बेला देखि पृथ्वीनारायण शाहको बारेमा आफुले पढेको तर इन्द्रकुमारी को बारेमा पढ्दा पटक पटक रोकिएको , ईन्द्रकुमारीलाई भएको अन्यायले आफुलाई पोलेकोले ईन्द्र्रकुमारी महाकाव्यको सृजना हुन गएको बताउनुभयो ।

लेखनकुन्जमा भएको कार्यक्रममा छन्द कवि सुदेश सत्याल , भवानी खतिवडा , गणेश प्रसाद खतिवडा ले कविता वाचन गर्नुभएको थियो । कविता ईन्द्रकुमारी सिमल बुक प्रकाशनले प्रकाशन गरेको हो ।