महानगरपालिका बिरुद्ध सडकमा उत्रिए ब्ययवसायी

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
वीरगन्ज महानगरपालिकाले कर वृद्धि गरेको भन्दै उद्योगी व्यवसायी सडकमा उत्रिएका छन् ।

वीरगन्ज उद्योग वाणिज्य संघको आहृवानमा उद्योगी व्यवसायीहरु सडकमा उत्रिएका हुन् । संघले करको दर पुनरावलोकनका लागि महानगरपालिकालाई ७ दिने अल्टिमेटमसमेत दिएको छ ।घण्टाघरबाट निकालिएको ¥याली माइस्थान, आदर्शनगर हुँदै वीरगन्ज महानगरपालिकामा पुगेको थियो ।र्यालिमा सहभागीहरुले कवाडी कर खारेज गर, औद्योगिक उत्पादनमा लगाएको कर खारेज गर, सम्पत्ति, घर जग्गा करमा गरेको वृद्धि फिर्ता गर, यातायात तथा ट्रान्सपोर्टमा गरिएको कर वृद्धि फिर्ता गर, नयाँ सवारी कर फिर्ता गर लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

महानगरपालिकामा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रदेश सांसद ओमप्रकाश शर्माले नगर प्रमुख विजयकुमार सरावगीलाई ७ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका छन् । ज्ञापन पत्रमा आर्थिक वर्ष २०७५र०७६ का लागि कायम गरेको कर, शुल्क, दस्तुर असुलीको निर्णय पुनरावलोकन माग गरिएको छ ।तर,मेयर विजय सरावगीले भने उद्योगी व्यवसायीहरुको प्रतिनिधि राजश्व परामर्श समितिमा बसेर कर निर्धारण गर्दा पनि विरोध गर्नु उचित नभएको बताए ।

‘करका सम्बन्धमा बजारमा कतिपय जायज विषय पनि आए, कतिपय अफवाह फैलिएको छ’ उनले भने, कुनैपनि समस्या छ भने छलफलबाट समाधान खोज्नुपर्छ ।’उद्योग वाणिज्य संघका प्रतिनिधिकै रोहबरमा कर निर्धारण गरिएको भन्दै उनले भने, ‘नगरबासीलाई मर्का पर्ने गरी कर निर्धारण गरेकै छैन । तैपनि कुनै समस्या भए समाधान निकाल्न सकिन्छ ।’ मेयर सरावगी वीरगन्ज उधोग बाणिज्य संघका पूर्व अध्यक्ष हुन् ।