गाउँपालिकाको विकासको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

0
Shares

सलिम अन्सारी, प्युठान ।
गाउँपालिकाको समग्र विकासको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । विकासका दृष्ट्रिकोणले पछि रहेको प्युठान जिल्लाको प्रबेशद्धार सरुमारानी गाउँपालिकाका अद्यक्ष झग बहादुर बिश्वकर्माले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेललाई आईतवार ज्ञापन पत्र बुझाएका हुन ।

संघ तथा प्रदेश सरकारबाट प्राप्त अनुदान र आन्तरिक श्रोतबाट यहाको समग्र बिकासको लागि आवास्यक योजनाहरु सम्पन्न गर्न चुनौतीपुर्ण देखिएको भन्दै प्रदेश सरकारबाट थप पहलकदमीका लागि उक्त मागपत्र पेश गरिएको गाउपालिकाले जनाएको हो।

गाउपालिका भित्रका गौरवका योजना र राष्ट्रीय गौरबका योजना तथा कार्यक्रमहरु समेटेर १३ बुँदे ज्ञापनपत्र मुख्यमन्त्री पोख्रेललाई बुझाईएको प्रमुख प्रशासकिय अधिकृत हिरालाल भण्डारीले जानकारी दिए।

गाउपालिका भित्रको ऐरावती बड्डडाडाँ जस्पुर घोराही दाङ सडक खण्डको कालोपत्रे, गाउँपालिकाको वडा नम्बर २,४ र ६ मा स्वास्थ्यचौकी स्थापना, बंगलाचुलि,दर्भान, ऐरावती सडक स्तरउन्नति,हंसपुर बृहद लिफ्ट खानेपानी योजना,सरुमारानी,सिद्धलेक पुठादरवार,गढिदरवार,रानिकुवा, किमिचौरदह क्षेत्र संरक्षण एवं पर्यटकिय गन्तव्यस्थलको रुपमा बिकास लगायतको माग समेटिएको छ।

त्यस्तै जनजाती संस्कृती संरक्षण एवं सरुमारानी सांस्कृतिक डवली स्थापना,बडडांडा भिङ्ग्रीखोला बुढिचौर मृकुटी सडक निर्माण,अदुवा बेसार प्रशोधन केन्द्र,थक्लेनी मृकुटी मोटरबाटो स्तरउन्नति, दर्भानमा चिस्यानकेन्द्र निर्माण र ऐनकानुन तर्जुमा सम्बन्धी बिज्ञहरुको सहयोगको ब्याबस्था गरिदिन भन्दै ज्ञापन पत्र बुझाएको गाउपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले जनाएका छन् ।

उनले राष्ट्रीय गौरवको योजना अनर्तगत नौमुरे बहुउद्ध्शीय जलबिधुत परियोजना र कोइलाबास भालुबाङ प्युठान भिमगिठे सडकलाई समेत ज्ञापनपत्रमा सुचिकृत गरि मुख्यमन्त्रीको ध्यानार्षण गराइएको बताए।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पोख्रेलले सरुमारानी लगायत प्युठान जिल्लाको विकासका लागि प्रदेश सरकार सकारात्मक रहेको भन्दै आउने बजेटबाट सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । सोहि अबसरमा बोल्दै पोख्रेलले सबैलाई कृषि उत्पादनमा जोडिन आग्रह गरे। जनताको जिबनमा परिवर्तन ल्याउने कुराले ठूलो महत्व राख्ने हुंदा श्रम र पुजिको प्रयोग गर्दै अर्गानिक कृषि उत्पादनमा लाग्न उनले आग्रह गरे।

किसानका उत्पादनलाई ब्याबसायिकरण,बजारीकरण र आधुनिकिकरणमा ध्यान दिन गाउसरकारलाई पोख्रेलको सुझाब छ। प्युठान नगरपालिकाको अनिवार्य आधारभुत शिक्षामा पहुंचको शुनिश्चिता घोषणा कार्यक्रमका लागि मुख्यमन्त्री पोख्रेल प्युठान आएका हुन।