बालग्रामको साधारणसभा सम्पन्न

0
Shares

काठमाडौं, (नेस)
अभिभावकविहिन वालवालिकाको लागि ‘मायालु घर’ को रुपमा परिचित विश्वव्यापी संस्था एसओएस वालग्राम नेपालको २६औं साधारण सभा सम्पन्न भएको छ ।

२०३१ सालमा स्थापित उक्त वालग्रामका राष्ट्रिय अध्यक्ष प्रा.डा.ज्योतिरत्न धाख्वाको अध्यक्षतामा सम्पन्न साधारणसभामा सन् २०१७÷०१८ को कार्यक्रम र बजेट पारित गर्नुका साथै सन् २०१८÷०१९ मा गरिने योजना र अनुमानित बजेटबारे छलफल गरिएकोे थियो ।
सो अवसरमा नेपालका राष्ट्रिय निर्देशक ईश्वरीप्रसाद शर्माले वालग्रामको स्थापनाकालदेखि हालसम्म तथा गत आर्थिक वर्षमा भएका काम र पुर्व राष्ट्रिय निर्देशक श्रीशंकर प्रधानांगले २०७२ वैशाखको भूकम्पपछि वालग्रामले शुरु गरेका आकस्मिक सहायता कार्यक्रमबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा एसओएस अन्तराष्ट्रियका प्रतिनिधि रजनिश जैन, एसओएस वालग्राम नेपालका कोषाध्यक्ष ईश्वर कार्कीलगायतले पनि बोल्नुभएको थियो । साधारणसभाले वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइराला, प्रा.डा.बासुदेव काफ्ले, सोम पनेरु, आभा शाह थापा, बासुदेव न्यौपाने, करण वैद्य, प्रदीपमान वैद्य र मीरा ज्योतिलाई साधारणसभा सदस्यमा मनोनित गरेको छ ।