कांग्रेसका प्रतिनिधिको गाउँ फर्क अभियान

0
Shares

भक्तपुर, (नेस)
मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधीले आफूले चुनावअघि गरेका प्रतिबद्धता र नगरपालिकाबाट विनियोजित विकास निर्माणको वजेटको सहि सदुपयोग भए नभएको तथा जनगुनासो सम्बोधन गर्ने उद्देश्यले जनअभियान कार्यक्रम सञ्चालन गरेका छन् ।

नगरउपप्रमुख अञ्जना मधिकर्मीका अनुसार साउन ९ गतेदेखि वडा नं.४ बालकुमारीबाट शुरू भएको उक्त अभियानमा मेयरका प्रत्यासी अष्टकुमार कवेंसहित २, ३, ५, ६ र ९ का वडाध्यक्षहरू क्रमशः राम थापामगर, प्रेम कुटु, अमृतमान श्रेष्ठ, ईन्द्रबहादुर प्रजापति र रामकाजी चक्रधर सहभागी हुनुहुन्थ्यो ।

यस्तै नगरसभाका सदस्यहरू हरिदास प्रजापति, बालकृष्ण श्रेष्ठ, चन्द्रकृष्ण श्रेष्ठ, नेकाका युवा नेताहरू ओमप्रकाश श्रेष्ठ, सन्तोष भट्टराई, रामकाजी श्रेष्ठ, अनिल श्रेष्ठ, बिनोद भासिमा लगायतको सहभागिता रहेको थियो ।

टोलीले बालकुमारि, वामुने, भुलाखेल, पोबु, चोडे, नासननि, दिगुटोल लगायतका स्थानकाबासिन्दासंग भलाकुसारी गरेको थियो । त्यस अवसरमा स्थानीय बासिन्दाले सम्पती कर, वडा बजेटको बिषय र विभिन्न समस्याबारे गुनासो राखेका थिए । कांग्रेस भक्तपुरका नेता तथा मेयरका प्रत्यासी उम्मेदवार अष्टकुमार कवेंले यो अभियान नगरका सबै वडामा संचालन गर्ने जानकारी दिनुभयो ।