३६ लाख घुस सहित ईन्जिनियर ठाकुर श्रीमतीका साथ पक्राउ


यमलाल भुसाल, बुटवल ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले सेवाग्राहीसँग घुसबापत लिएको नगद १२ लाख र २४ लाख रुपैयाँ बैकमा जम्मा गरेको भौचर सहीत भवन तथा शहरी विकास कार्यालय रुपन्देहीका ईन्जिनियर सुरेश ठाकुर र निजकी श्रीमतीलाई पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यती ठुलो रकम सहित पक्राउ गरेको यो पहिलो घटना भएको बताईएको छ ।
रुपन्देही जिल्लाको सिद्रार्थ नगरवाट ईन्जिनियर सुरेश ठाकुर र निजकी श्रीमतीलाई गाडीमा पैसा लिएर घर जादै गर्दा हेटौडामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शनिवार विहान ११ वजे पक्राउ गरेको हो ।
पक्राउ परेका श्रीमान श्रीमतीलार्ई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा राखी थप अनुसन्धान भैरहेको अख्तियार स्रोत्तले जनाएको छ । आर्थिक वर्ष समाप्त भएको र वर्ष भरी गरेका कामको कमीशन स्वरुप सेवाग्राहीवाट रकम असुली भ्रष्टाचार गरेको हुन सक्ने अनुमान समेत लगाईएको छ ।