खोटेहाङका दुई बिद्यार्थीलाई ‘जीवन योवन सेरालुङ छात्रबृत्ति’


रामधन राई, खोटाङ ।
खोटाङस्थित खोटेहाङ गाउँपालिकाका दुई बिद्यार्थीलाई ‘जीवन योवन सेरालुङ छात्रबृत्ति’ प्रदान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका प्रश्नराज राईले २०७३ सालमा स्थापना गरेको उक्त छात्रबृत्ति यसपल्ट खोटेहाङ गाउँपालिका–२ वाप्लुखाकी १७ वर्षीया सम्झना राई र खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेका दिवस राईलाई प्रदान गरिएको हो ।

शनिबार खोटेहाङ गाउँपालिकाको सभाहलमा किरात राई यायोख्खा जिल्ला कार्य समितिले आयोजना गरेको कार्यक्रममा छात्रबृत्तिका संस्थापक प्रश्नराजले छात्रबृत्ति वापत जनही ५ हजारका साथमा शैक्षिक सामग्री प्रदान गर्नुभएको छ । गरिब, जेहेन्दार र फरक क्षमता भएका छात्र÷छात्राको प्रोत्साहनका लागि स्थापना गरिएको छात्रबृत्ति यसपल्ट सम्झना र दिबसलाई छानेर प्रदान गरिएको किरात राई यायोक्खा खोटाङकी अध्यक्ष अञ्जना राईले बताउनुभयो ।
कक्षा ११ को परीक्षा दिइसकेकी १७ वर्षीया सम्झना खुट्टाको साहराले लेखपढ गर्दै आउनु भएको छ ।