वीरगन्ज महानगर र उद्योग बाणिज्य संघबीच टकराव बढ्यो

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
वीरगन्ज महानगरपालिकाले कर बढाएको भन्दै वीरगन्जका उधोगी ब्यवसायीहरु आन्दोलित भएका छन् ।
वीरगन्ज उधोग बाणिज्य संघले शनिबार पत्रकार सम्मेलन गरी महानगरपालिकाको नगरसभाले पारित गरेको आर्थिक ऐन २०७५ मा उल्लेखित कर, दस्तुर र शुल्कको विरोध गरेको हो । आइतबार विरोध ¥याली निकाल्ने उसले बताएको छ ।वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपाल केडियाले महानगरपालिकाले मनोमानी तवरबाट कर, दस्तुर तथा सेवाशुल्क अभिबृद्धि गरेको बताए । महानगरले ढाड सेक्ने गरी कर बढाएका कारण आफूहरु आन्दोलनमा उत्रनु परेको उनले बताए ।

उद्योग वाणिज्य संघको आन्दोलनमा होटल व्यवसायी संघ, सुनचाँदी व्यवसायी संघ, निर्माण व्यवसायी संघ, पेट्रोलियम डिलर्स एशोसियसन, औषधि व्यवसायी संघ, किराना व्यवसायी संघ, कवाडी व्यवसायी संघ, औद्योगिक उत्पादक संघ लगायत २४ भन्दा बढी संघ संस्थाले सघाउने प्रतिबद्धता जनाएका छन् ।

विगतमा कर प्रयोजनको लागि सम्पतिरघरजग्गाको मुल्याङ्कन गर्दा मालपोत कार्यालय, पर्साको रजिष्टे्रशन प्रयोजनको लागि निर्धारण गरिएको न्यूनत्तम मुल्याङ्कनलाई आधार मानेर कर असुल गरिन्थ्यो ।तर, महानगरपालिकाले मालपोतको न्यूनत्तम मुल्याङकन किताबलाई पाखा लगाएर आफुखुशी सम्पतिको मुल्य कायम गरेर कर लिन खोजेको उद्योगी व्यवसायीहरुको गुनासो छ । नेशनल मेडिकल कलेजलाई गरिएको कर छुटतर्फ ईङकित वीरगन्ज उधोग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश शर्माले नगरवासीलाई मात्रै दुःख दिने नियत महानगरको रहेको बताए । तर,वीरगन्जका मेयर सरावगी भने वीरगन्ज उद्योग वाणिज्य संघ अध्ययन नै नगरी विरोधमा उत्रिएको बताए । जिम्मेवार संस्था छलफल नै नगरी आन्दोलनमा जान खोज्नु गलत भएको बताए ।स्मरण रहोस् मेयर सरावगी वीरगन्ज उधोग बाणिज्य संघकै पूर्व अध्यक्ष हुन् भने उनीद्वारा आधा दर्जन उधोग वीरगन्जमा नै संचालित छन् ।