पर्सा ।
वीरगञ्ज महानगरपालिको कर वृिद्धको विरोधमा दुई दर्जनभन्दा बढी संघसंस्था सड्कमा उत्रिने निर्णय गरेका छन् ।
आर्थिक वर्ष २०७५÷७६ का लागि महानगरपालिकाले निर्धारण गरेको करको नयाँ दर जनताको विरोधमा रहेको भन्दै वीरगञ्ज उद्योग वाणिज्य संघको अगुवाइमा विभिन्न संघसंस्था आन्दोलनमा उत्रीने निर्णय गरेका हुन ।
वीरगञ्ज उद्योग वाणिज्य संघको सभाकक्षमा आज बसेको विभिन्न संघसंस्थाका पदाधिकारीको बैठकले महानगरपालिकाले दश गुनासम्म गरेको करको दर वृद्धिको विरोधमा आन्दोलन गर्ने निर्णय गरेको संघका अध्यक्ष ओमप्रकाश शर्माले बताउनुभयो ।
कर वृद्धिको विरोधमा भोलिदेखि चरणवद्ध आन्दोलन गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “नयाँ करको दर जनताको पक्षमा नरहेको र विगतमा नेपाल सरकारले खारेज गरिसकेको चुङ्गीकरलाई ब्यूँताइ महगाइँ बढाउने काम मात्र गरेकाले बाध्यभएर आन्दोलन गर्नुपरेको छ ।
अध्यक्ष शर्माले वृद्धि गरिएको कर फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
रासस
प्रतिक्रिया