काठमाडौंमा राप्ती बबई यूवा मञ्च गठन


नेपाल समाचारपत्र, काठमाडौं ।
दाङ घर भइ काठमाडौंमा बिभिन्न पेशा व्यवसायमा संलग्न दङगाली यूवाहरुको काठमाडौंमा भएको एक भेलाले राप्ती बबई यूवा मञ्च गठन गरेका छन् । निमेशकुमार वलीको अध्यक्षतामा भएको भेलाले २० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा दोर्ण डाँगी, कैलाश देवकोटा र भरत वली, सचिवमा गोपाल रेग्मी, सहसचिवमा सूचित खड्का, यूनिक खनाल र सविन पण्डित, कोषाध्यक्षमा शिला शर्मा रहनुभएको छ । मञ्चको सदस्यहरुमा अशोक भण्डारी, हरि कालाथोकी, आभास खत्री, सुसील पोख्रेल, एमएस भुषाल, भुपाल केसी लगायतका रहनुभएको छ । यस्तै सल्लाहकारहरुमा नरेश रेग्मी, थलराज केसी, मिनराज वली, प्रशान्त वली लगायतका रहनुभएको छ ।
दाङको विकास र समृद्धिमा भूमिका खेल्न मञ्च कृयाशिल रहने नवनिर्वाचित सचिब गोपाल रेग्मीले जानकारी दिनुभएको हो । दाङ र काठमाडौँसंगको सम्वन्धलाई बलियो र सामीप्य बनाउन संस्थाले भूमिका खेलेकोे अपेक्षा लिइएको छ ।।